राष्ट्रिय सभा निर्वाचन: भागबन्डामा सकस

१९ सिटमा गठबन्धनका मात्रै ८०० जनाको दाबी

काठमाडौं, २२ पुस । आसन्‍न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन भित्रै भागबन्डा मिलाउन सकस देखिएको छ। सत्तारूढ दलका मुख्य नेता सम्मीलित दुई पक्षीय र बहु पक्षीय बैठकले भागबन्डाको टुंगो लगाउन सकेको छैन । आगामी माघ ११ मा सातै प्रदेशबाट जम्मा १९ सिटको लागि हुने निर्वाचनमा सत्ता गठबन्धन भित्रका दलको मात्रै झन्डै ८ सय उम्मेदवारको सिफारिस भएको छ।

गठबन्धनबाट कति सिट पाउने भन्ने टुंगो नलाग्दै पार्टीहरुले धमाधम सिफारिस मागेका थिए। जसमा सत्ताको ठूलो दल नेपाली कांग्रेसको सबैभन्दा बढी उम्मेदवार सिफारिस भएका छन । कांग्रेसले बढीमा ८ सिट पाउने अवस्था भएपनी उसले ५ सय भन्दा बढी उम्मेदवारको नाम केन्द्रमा सिफारिस भएर आएको जनाएको छ।

कांग्रेसले पुर्व महामन्त्री कृष्ण सिटौला,तारानाथ रानभाट,पुर्व उपसभापति गोपालमान श्रेष्ठ, गण्डकी प्रदेशका पुर्व  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली,पुर्व मन्त्रीहरु सुजाता कोइराला,डा.मिनेन्द्र रिजाल,यज्ञबहदुर थापा,पार्टी केन्द्रिय सदस्य मदन अमात्य,दिलमान पाख्रीन,पुष्पा भुषाल लगायत ५ सय भन्दा बढीको नाम सिफारिस गरेको छ।

यसैगरी माओवादी केन्द्रले २ सय ५० भन्दा बढीको सिफारिस केन्द्रमा पठाएको छ।माओवादीले पुर्व मन्त्री देवी खड्का,हितमान शाक्य,हिमाल शर्मा,कुमार पौडेल,सुर्य सुवेदी,निशा शर्मा,राममाया बोगटी,खेम दर्जी सहितको नाम सिफारिस गरेको छ।

यसैगरी नेकपा एकीकृत समाजवादी,जसपा,नागरिक उन्मुक्ति,जनमत पार्टीमा समेत आकांक्षा राख्नेको लर्को छ। यद्यपि समाजवादी र जसपा बाहेकले भागबन्डामा सिट  पाउने संभावना कम छ। राष्ट्रिय सभा अध्यक्ष सहित नेपाली कांग्रेसले ११ सिट दाबी गरेको छ। जुन अस्वभाविक माग हो। सत्ता गठबन्धन भित्र भागबन्डा गर्दा त्यो संभावना नै देखिन्न।

एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्ष सहित  ५ सिट मागेको छ। यो पनि अस्वभाविक माग हो। उता नागरिक उन्मुक्ति र जनमत पार्टीले पनि कम्तीमा १/१ सिटमा दाबी गरेका छन् । यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लै उम्मेदवारी दिने निर्णय गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले भने छलफल गरेर निर्णय लिने भनेको छ।

प्रारम्भिक छलफलमा १९ सिटमा भागबन्डा गर्दा नेपाली कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने अनौपचारिक सहमति भएको छ। यद्यपि नेकपा एसले यसमा असहमति राखेको स्रोतको दाबी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...