निजगढ विमानस्थल आवश्‍यक हो कि होइन ?

ताराप्रसाद पोख्रेल

मधेश प्रदेश अन्तर्गत बारा जिल्लाको निजगढ भन्ने ठाउँमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणको केही कार्य अगाडि बढाइरहेको बेलामा सर्वोच्च अदालतले तत्काल काम अगाडि नबढाउन  भनेपछि अहिले बन्द छ । यो विमानस्थल निर्माण कार्य रोक्नुको कारण सर्वोच्चले भनेपनि काठमाडौं बाहिरको विकासको झल्को दिने र बाह्य पर्यटक भित्र्याउने कुरामा विमानस्थल आवश्यक हो वा होइन भन्ने विषय बहसमै छ। विमानस्थल निर्माण भैहाल्यो भने एउटै कुरा के हो भन्दा पुर्वी पहाड र पुर्वी तराईका जनतालाई  अन्तर्राष्ट्रिय आवतजावतको लागि काठमाडौं आइरहनु पर्दैन ।

तर, निजगढमा विमानस्थल बनाउँदा देशलाइ र जनतालाइ के फाइदा हुन्छ त ? अब यहाँ विमानस्थल बनाउँदाको विषयमा विचार गरौं  । विमानस्थल बनाउनु अघि विस्तृत परियोजना प्रतिवेदन (DPR) र EIA गरेको थिएन । त्यो नगरिकन कसरी काम भयो ? त्यो नगरी कसरी आनुमानित रकम र काम गर्ने विवरण आयो ?

वार्षिक १ करोड यात्रु भित्र्याउने लक्ष्य राखेर विमानस्थल र रन-वे बनाउन ८ हजार हेक्टर जमिन खाली गरिएको छ । विमानस्थल बनाउन कति जग्गा चाहिन्छ ? ८ हजार हेक्टर जमिन खाली गरेर कत्रो विमानस्थल बनाउने हो ? विमानस्थल र त्यसलााई चाहिने अन्य सपोर्टिङ्गको लागि मात्र जग्गा आवश्यक हो वा पुरै शहर बसाउन चाहिएको हो ? अन्य देशका व्यस्त र ठुला विमानस्थल बनाउन पनि यति धेरै जग्गा अधिग्रहण गरेका देेेेेखिदैन । संसारकै व्यस्त मानिएको बेलायतको लण्डन स्थित विमानस्थल जम्मा १ हजार २२७ हेक्टर जमिनमा छ । हङकङको विमानस्थल पनि १ हजार २४८ मा छ भने दिल्लिको विमानस्थल ५ हजार हेक्टर, थाइल्यान्डको ३ हजार २४० र सिंगापुरको १ हजार ५०० हेक्टरमा बनेको छ ।

हाम्रो नेपालको निजगढ विमानस्थल चाहिँ यति  ठुलो जग्गामा कस्तो बन्ने हो र ? हामीलाई  त्यहाँ १ हजार ५०० हेक्टर जग्गाले छेलोखेलो पुग्थ्यो ।  यति ठूलो आकारको जग्गा लिएर त्यहा कस्तो खालको विमानस्थल बनाउने हो ? कि त्यहाँ अरु धेरै घर होटल लज बनाउने हो कि ? यदि त्यो बनाउने हो भने गलत भयो । ठुलो जग्गा स्मार्ट सिटि बनाउन चाहिन्छ भनिएको छ । स्मार्ट सिटि भनेको व्यवस्थित घडेरी बनाएर व्यवस्थित घर बनाउने हो ? अब प्रश्न उठ्छ स्मार्ट सिटि कसले बनाउने र कस्को लागि ? सरकारी जग्गा मासेर निजि घर बनाउन दिने ? यो अहम प्रश्न छ । सोचनिय विषय छ ।

अरु देशको विमानस्थलको वरिपरि स्मार्ट सिटि बनाएको कह छ ? विमानस्थलको वरिपरि खाली हुनुपर्छ । यसो हेर्दा यहाँ ठुलै गिरोह लागेको देखिन्छ । विमानस्थल बनाउन लाग्ने रकम करिब ८ खर्ब (६.५ अर्ब डलर) लाग्ने अनुमान गरिएको रकम कहाँबाट ल्याउने हो ?  DPR र EIA नगरेको र बन जंगल मासेर बनाएको विमानस्थलको लागि विश्व बैक र एसियायी बैकले पनि ऋण दिदैन । त्यो खर्च भएको त्यो बिमानस्थलले असुल गरेर फाइदा दिन सक्ला ? चीनको ऋण सहयोगमा पोखराको अन्तरास्ट्रिय विमानस्थल बनाएपनि रनवेको लम्बाइ छोटो भएकोले ठुला जाहाजहरु अवतरण गर्न प्रयाप्त रनवेको लम्बाइ नपुगेर अवतरण हुदैनन । त्यो विमानस्थल अहिले घाटामा छ । ऋण तिर्न नसकेपछि आगामी दिनमा चीनलाइ नै हस्तान्तरण गर्नुपर्ने दिन आउन सक्दैन भन्न सकिँदैन ।

निजगढ विमानस्थलको पनि त्यही हालत हुँदैन भन्न सकिँदैन । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने दिन आउन सक्छ । अब त्यहाँको वातावरण र पर्यावरणको कुरा गर्दा देशलाइ कति नोक्सान हुन्छ सरोकारवालाले अनुमान लगाउनु पर्ने हो । त्यहाँका २४ लाख वयस्क सालका रुख काटिएका छन् । ती रुख बेच्दा पनि कमिसनको खेल हुँदैन भन सकिँदैन । धेरै मूल्य पर्ने रुख काटेर वन्यजन्तुको बासस्थान नै खतम गरिएको छ । एउटा रुख काट्दा त्यसको बदलामा २५ रुख अनिवार्य रोप्नुपर्ने २०७४ सालमा राष्ट्रिय बन प्रयोग गर्न कार्यबिधी ऐनमा छ । अब २४ लाख रुख काटेको ठाउँमा ६ करोड रुख अनिवार्य रोप्नुपर्ने हुन्छ । अथवा ६ करोड विरुवा रोप्न लगभग ३८ हजार  हेक्टर जग्गा चाहिन्छ । त्यो जग्गा त्यहा होला ? पक्कै छैन । अब ६ करोड विरुवा रोप्ने कि नरोप्ने ? वन मन्त्रालय के भन्छ ? बन काटेपछि सुख्खा हुन्छ, पानी पर्दैन, पानीको श्रोत हराउँछ । माटो बन्जर हुन्छ ,बाताबरण र पर्यावरणमा असन्तुलन हुन्छ । अर्को त्यो भन्दा महत्वपूर्ण कुरा के छ भने त्याहाका सबै खाले जीवजन्तुको हरिबिजोक हुन्छ । त्याहा २२ प्रजातिका दुर्लभ वन्यजन्तुको बसोबास छ ।

अहिले भएका जिबजन्तु हात्ती, बाघ, भालु, जरायो, मृग, बँदेल, बाँदर, सा-साना जीव, विभिन्न खालका चराचुरुङ्गीहरुलाइ कसरी व्यवस्थापन गर्ने ? तिनिहरुलाइ कहाँ लैजाने ? अरु तिर सार्न सक्ने अवस्था पनि नि हुँदैन । विमानस्थल बनाइसकेपछी त्याहाका हस्ती बाघ भालु र अन्य जनवार विमान उड्दा र ओर्लदा तर्सिएर ठोकिए भने के होला ? चरा पनि उड्दै गर्दा ठोकिए भने के होला ? काठमाडौको विमानस्थल खुल्ला हुदा र कहिलेकाही चरा कुकुर ठोकिन्छ्न । यहाँ त जंगलको बिचमा बिमानको आवाजले अलिअलि भएका जनवार पनि भाग्छ्न अनि ठोकिन्छन् इ।

विमानस्थलको बिचमा हाती हिड्ने बाटो पर्यो भने तार बेरा पनि भत्काएर रनवेमा आउदैन भन्न सकिँदैन । त्याहाका जिबजन्तु हेर्न आउने पर्यटक पनि त्यो अबस्थामा आउदैन र पर्यटन ब्यबसाय पनि हराउछ । त्यसैले यो ठाउँ बिमानस्थलको लागि उपयुुक्त छैन । त्यसको बदलामा सर्लाहीको मुर्तिया भन्ने ठाउँमा १३०० हेक्टर जमिन खाली छ त्यहा बनाउदा हुन्थ्यो । त्यो प्रदेश २ को केन्द्रबिन्दुमा पनि पर्छ । त्यो रोकेर सर्बोच्च अदालतले राम्रो काम गरेको छ । तर नेताहरु यो निर्णयको बिपक्षमा छ्न  । नेताहरुको आ-आफ्नै स्वार्थ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय