सिकन्दरको शतकका बाबजुद जिम्बावे भारतसँग झिनो अन्तरले पराजित

काठमाडौं, ७ भदौ । जिम्बावे भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले एकदिवसीय श्रृंखला क्लिनस्वीप गरेको छ । सोमबार भएको खेलमा जिम्बावेलाई १३ रनले हराउँदै भारतले लगातार तेस्रो खेलमा जीत निकाल्दै श्रृंखला क्लिनस्वीप गरेको हो ।

२९० रनको लक्ष्य पछ्याएको जिम्बावे ४९३ ओभरमा २७६ रनमा समेटियो । सिकन्दर राजाले शतकीय पारी खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् । उनले ११५ रन बनाए । त्यसैगरी सिन विलियम्सले ४५ रन बनाए ।

भारतका आवेश खानले ३ विकेट लिए भने दीपक चहर, कूलदीप यादव र अक्षर पटेलले २-२ विकेट हात पार्दा शार्दुल ठाकुरले १ विकेट निकाले ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८९ रन बनाएको थियो । शुभमन गिलले १३० रन बनाएका थिए भने इशान किशनले ५० र शिखर धवनले ४० रन बनाएका थिए ।

जिम्बावेका ब्राड्ली इभान्सले ५ विकेट लिएका थिए भने भिक्टर न्याउची र लुक जोङ्वेले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...