काँग्रेस नेता प्रदीप गिरी रहेनन्

काठमाडौं, ४ भदौ । नेपाली काँग्रेसका नेता एवं विचारक प्रदीप गिरीको निधन भएको छ ।

काठमाडौंको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरीको शनिबार राति करिब साढे ९ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

७५ वर्षीय गिरी क्यान्सर रोगबाट पीडित थिए ।  केही समयअगाडि भारतबाट घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरीको स्वास्थ्यमा समस्या भएपछि केही सातादेखी मेडिसिटीमा उपचाररत थिए ।

केही दिनयता उनको अवस्था नाजुक बन्दै गइरहेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...