पत्रकार पौडेलको स्मृतिमा प्रतिष्ठान गठन

पोखरा, ९ मंसिर । पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा पोखरामा प्रतिष्ठान गठन गरिएको छ । गत माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार पौडेलको स्मृतिमा प्रतिष्ठान गठन गरिएको हो ।

पत्रकार महासंघ कास्की र परिवारको समन्वयमा उक्त प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानको अध्यक्षमा स्व.पौडेलकै धर्मपत्नी प्रतिभा अधिकारी चयन भएकी छिन् । पोखरामा भएको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत रहेका पौडेलको स्मृतिमा प्रतिष्ठानले पत्रकारिताको विकासका लागि काम गर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय