भुकम्प पीडितलाई नेसपाको १० लाख सहयोग

काठमाडौ,२०कार्तिक।पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितलाई १० लाख सहयोग गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको तर्फबाट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । अध्यक्ष डा.भट्टराईले भुकम्प पीडितलाई यथाशीघ्र राहत उपलब्ध गराउन सरोकारवाला पक्षलाई आग्रह समेत गरेका छन् ।

यसैगरी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेसपाका केन्द्रीय उपाध्यक्ष भक्तबहादुर शाहको संयोजकत्वमा टोली गठन गरेको छ । जसमा पार्टीका आर्थिक विभाग प्रमुख हरि रिजाल र केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेल सदस्य छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...