‘पुतली बाजे’ को निधनमा पुर्वप्रधानमन्त्री डा.भट्टराई दुखी

काठमाडौ,१८कार्तिक । पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पुतली बिज्ञ कोलन स्मिथ ‘पुतलीबाजे’ को निधनमा दु:ख व्यक्त गरेका छन्।

उनले लेखेका छन्-‘मेरा आदरणीय गुरू तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथ, जसलाई स्नेहभावकासाथ ‘पुतली बाजे’ भनिन्थ्यो, को आज ( कार्तिक १८ ) पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु।’

केही बर्ष पहिले पोखरामा भेट हुँदाको प्रसङ्ग उल्लेख गर्दै डा.भट्टराई लेख्छन्-‘मैले सोधेको थिए  ‘तपाईंलाई के इच्छा छ, सर,मैले के गर्न सक्छु?’

डा.भट्टराईले अगाडी लेखेका छन् -जवाफमा पुतली बाजेले शान्तभावमा भन्नुभएको थियो- ‘म नेपालमै मर्न चाहन्छु। तर नेपाली नागरिक भएर मर्न चाहन्छु।’

५० बर्षभन्दा बढी नेपालमै बसेर त्यत्रो अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक खोजअनुसन्धान गर्ने व्यक्तित्वलाई पनि नागरिकता दिन हिच्किचाउने हाम्रो सोंच र विधिविधानप्रति मलाई निकै लज्जावोध भयो। मैले समेत उच्चतहमा रोइकराइ गरेर वहाॅले मानार्थ नेपाली नागरिकता पाउनुभएको थियो।

मलाई वाल्यकालको सम्झना छ। हामी गोरखाको अमर ज्योति हाइस्कूलमा शायद पाॅच कक्षामा पढ्थ्यौं। वहाॅ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो।समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जंगल चाहार्नुहुन्थ्यो।कहिलेकाहीं त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि “ ऊ..ऊ..पत्ताली “ भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो। हामी केटाकेटी मज्जाले हाॅस्थ्यौं!

वहाॅप्रति हार्दिक श्रद्धासुमन !

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय