एमालेको चियापान कार्यक्रममा पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले पार्टी कार्यालय च्यासल पुगेका छन्।

एमालेले चाडपर्वका अवसरमा बुधबार चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा विभिन्‍न दलका शीर्ष नेता लगायतलाई निमन्त्रणा गरिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा एस नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरु पुगिसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय