नेकपा एमालेको चियापान कार्यक्रम आज

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले चाडपर्वको अवसरमा बुधबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरु हुनेछ ।
कात्तिक १४ गतेका लागि तोकिएको भएपनि राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको बेला परेको र उक्त दिन हिजो उनले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएपछि चियापान कार्यक्रम सारिएको थियो ।
हरेक वर्ष दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार लगायतका पर्वका अवसरमा एमाले, कांग्रेस लगायतका राजनीतिक दलले चियापान कार्यक्रम गर्दै आएका छन् । नेपाली काँग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाकै दिन चियापान कार्यक्रम गरेको थियो ।
चियापानमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न राजनीतिक दलका प्रमुख, नेता, संवैधानिक निकायका प्रमुख, राजदूत, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, सञ्चारकर्मी लगायतलाई आमन्त्रण गरिएको छ।

