बहराइनसँग हङकङ स्तब्ध

काठमाडौं, १४ कात्तिक । आइसिसी टि२० विश्वकप छनौट एसिया फाइनल्स अन्तर्गत समूह बी को आजको पहिलो खेलमा हङकङ बहराइनसँग पराजित भएको छ ।
बहराइनले हङकङलाई २० रनले हराएको हो । बहराइनले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङकङ पाँच बल अगावै १२६ रनमा समेटियो । हङकङका अन्शुमन राथले सर्वाधिक २८ रन बनाए भने जिशान अलीले २१ रन बनाए ।
बहराइनका अब्दुल माजिदले ३ १ ओभरमा ७ रन दिएर ३ विकेट लिए । अली दावुद र मोहम्मद रिजवान बटले २-२ विकेट लिए । त्यस्तै सतैया विलापाथिरान र इमरान जावेदले १ १ विकेट लिए ।
त्यसअघि मुलपानीमा पहिले ब्याटिङ गरेको बहराइनले ३ बल अगावै अलआउट हुँदै १४६ रन बनाएको थियो । इमरान अलीले ६२ रन बनाएका थिए । हङकङका नसरुल्ला रानाले ३ विकेट लिए भने एइजाज खान, एहसान खान र यासिम मुर्ताजाले २-२ विकेट लिए ।

