टी-२० विश्‍वकप छनौट: नेपालकै समूहमा रहेको ओमानले मलेसियालाई हरायो

काठमाडौं, १३ कात्तिक । काठमाडौंमा जारी आइसिसी टी-२० विश्‍वकप एसिया फाइनल्सअन्तर्गत नेपाल रहेकै समूह ए को अर्को खेलमा ओमानले जीत निकालेको छ । ओमानले मलेसियालाई ३२ रनले हराएको हो ।

ओमानले दिएको १५४ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरा २० ओभरमा ८ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो । विरानदीप सिंहले अविजित रहँदै ५७ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन ।

ओमानका लागि कप्तान जिशान मकसुदले ४ ओभरमा १३ रन दिएर २ विकेट लिए । त्यस्तै बिलाल खानले ४ ओभरमा ३२ रन दिएर २ विकेट लिए । फयाज बट, आयान खान, शकील अहमद र आकिब इलियासले १ १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । कप्तान जिशान मकसुदले अविजित रहँदै ५६ रन बनाएका थिए । त्यस्तै कश्यप प्रजापतिले २५ रन बनाए भने मोहम्मद नदिम २१ रनमा अविजित रहे ।

मलेसियाका विरानदिप सिंहले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । पवनदीप सिंह, रिजवान हैदर र विजय उन्‍नीले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...