विश्वकप २०२३: दोस्रो जीतको खोजीमा इंग्ल्यान्ड र श्रीलंका भिड्दै

काठमाडौं, ८ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत बिहिबार इंग्ल्यान्ड र श्रीलंकाबीच खेल हुँदै छ । बैंगलोरस्थित एम चिन्नस्वामी क्रिकेट रङ्गशालामा दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ ।
इंग्ल्यान्ड र श्रीलंकाले हालसम्म खेलेका ४ खेलमा समान एक जीत निकाल्दै २ अंक मात्र जोडेका छन् । इंग्ल्यान्डले बङ्गलादेशलाई हराउँदा न्युजिल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकासँग ठुलै अन्तरको हार व्यहोरेको थियो । त्यस्तै श्रीलंकाले नेदरल्यान्ड्सलाई हराउँदा दक्षिण अफ्रिका, पाकिस्तान र अस्ट्रेलियासँग हार व्यहोरेको थियो ।
दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ । आज पराजित हुने टोलीको सेमिफाइनल पुग्ने सम्भावना कठिन बन्दै जाने छ ।
जित्ने सम्भावना:
इंग्ल्यान्ड: ७० % | श्रीलंका: ३० %

