विश्वकप क्रिकेटमा आज पाकिस्तान र अफगानिस्तान खेल्दै

काठमाडौं, ६ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत सोमबार पाकिस्तान र अफगानिस्तानबीच खेल हुँदै छ । चेन्नईस्थित एमए चिदाबरम प्रदेश क्रिकेट रङ्गशालामा दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ ।
पाकिस्तानले हालसम्म खेलेका ४ खेलमा २ खेलमा जीत निकालेको छ भने अफगानिस्तानले ४ खेलमध्ये एक खेलमा मात्र जीत निकालेको छ ।
अफगानिस्तानले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जीत निकालेको थियो । फेरि ऐतिहासिक जितको खोजीमा हुनेछ ।

