त्रिकोणात्मक श्रृंखलामा आज नेपाल र युएई खेल्दै

काठमाडौं, ६ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलाको पाँचौं खेलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने खेल विहान ११ बजेदेखि सुरु हुनेछ ।
यसअघि यी दुई टोलीबीच भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो । नेपालले खेलेका तीनवटै खेल जितेको छ । हङकङ् भने तीनवटै खेल हारेको छ । युएईले आइतबार हङकङलाई हरायो ।
आज नेपालविरुद्धको खेलमा युएई विजयी भएमा हङकङ एक खेलअगावै फाइनल सम्भावना समाप्त हुनेछ भने युएईले नेपालसँग कात्तिक १० गते फाइनल खेल्ने छ ।
यस श्रृंखलालगत्तै नेपालमै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि यो प्रतियोगिता महत्वपूर्ण रुपमा हेरिएको छ ।

