विश्‍वकपमा भारतको लगातार पाँचौं जीत, कोहली र जडेजाको उत्कृष्ट साझेदारी

काठमाडौं, ५ कात्तिक । घरेलु टोली भारतले विश्‍वकप क्रिकेटमा लगातार पाँचौं जीत हासिल गरेको छ । न्युजिल्यान्डलाई पहिलो हार थमाउने क्रममा भारत ४ विकेटले विजयी भएको हो ।

न्युजिल्यान्डले दिएको २७४ रनको लक्ष्य भारतले दुई ओभर अगावै ६ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले ९५ रनको महत्वपूर्ण पारी खेले भने कप्तान रोहित शर्माले ४६ रन बनाए । रविन्द्र जडेजा ३९ रनमा अविजित रहे ।

न्युजिल्यान्डका लकी फर्गुसनले ८ ओभरमा ६३ रन दिएर २ विकेट लिए । मिचेल सान्टनरले १० ओभरमा ३७ रन दिएर १ विकेट लिए । म्याट हेनरीले ९ ओभरमा ५५ रन दिएर १ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा ६० रन दिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड निर्धारित ५० ओभरमा २७३ रनमा अलआउट भएको थियो । डारिल मिचेलले सर्वाधिक १३० रनको शतकीय पारी खेलेका थिए । रचिन रविन्द्रले ७५ रन बनाए ।

भारतका मोहम्मद शामीले १० ओभरमा ५४ रन दिएर ५ विकेट लिए । त्यस्तै कूलदीप यादवले २ विकेट लिँदा जसप्रित बुमराह र मोहम्मद सिराजले १-१ विकेट लिए ।

योसँगै लगातार पाँचौं जीत निकालेको भारत १० अंकसहित तालिकाको शीर्षस्थानमा छ  । न्युजिल्यान्ड ८ अंकसहित दोस्रोमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय