बझाङमा मध्यराति फेरि भूकम्प

काठमाडौं, २५ असोज । बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजेर २२ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्प जाँदा मानिसहरु मध्यरातै भएपनि त्रसित हुँदै घरबाहिर निस्किएका थिए।
बझाङमा गत १६ असोजमा ५.३ र ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार पराकम्पहरु गइरहेका छन्।

