विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, २० असोज । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा शनिबार दुई खेल हुँदै छन् । आज बङ्गलादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् ।
धर्मशालामा विहान पौने ११ बजेदेखि बङ्गलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी दिल्लीमा दिउँसो सवा २ बजेदेखि दक्षिण अफ्रिका र श्रीलंका खेल्ने छन् ।
विश्वकप अन्तर्गत न्युजिल्यान्ड र पाकिस्तानले विजयी सुरुवात गरिसकेका छन् ।

