एसियाली खेलकुद: महिला कबड्डीमा नेपाललाई कास्य पदक

काठमाडौं, १९ असोज । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक पक्का गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल भारतसँग ६१-१७ ले पराजित भएसँगै नेपाल कास्यमा सीमित भएको हो ।
कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान रहेकाले नेपालले पदक पाउने पक्का भइसकेको थियो । नेपाललाई हराएको भारत फाइनलमा पुगेको छ र अब स्वर्णका लागि प्रतिस्पर्धा छ ।
नेपालले एसियाली खेलकुदमा अन्य विधामा कुनै पदक हात पारेको छैन । यो नेपालका लागि एकमात्र पद हुन सक्ने छ ।

