विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, १९ असोज । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शुक्रबार दोस्रो खेल हुँदै छ ।
आज पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुँदै छन् । खेल दिउँसो सवा २ बजेदेखि हैदराबादमा सुरु हुने छ ।
नेदरल्यान्ड्स विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शन गरेर आएको टोली हो । नेदरल्यान्ड्सले कुनैपनि टोलीलाई चूनौति दिन सक्ने अनुमान गरिएको छ ।
यसअघि बिहिबार भएको पहिलो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डमाथि शानदार जीत हासिल गरेको थियो ।

