इंग्ल्यान्डद्वारा न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य

काठमाडौं, १८ असोज । भारतमा बिहिबारदेखि सुरु भएको एकदिवसीय विश्‍वकपको पहिलो खेलमा अहिले इंग्ल्यान्ड र न्युजिल्यान्ड खेलिरहेका छन् । इंग्ल्यान्डले न्युजिल्यान्डलाई २८३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनायो । उसका लागिन जो रुटले सर्वाधिक ७७ रन बनाए भने कप्तान जस बट्लरले ४३ रन बनाए । त्यस्तै जोनी बेयरस्टोले ३३ रन बनाए ।

न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा ४८ रन दिएर ३ विकेट लिए भने मिचेल सान्टनर र ग्लेन फिलिप्सले २-२ विकेट लिँदा ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले १-१ विकेट लिए ।

सन् २०१९ को विश्‍वकपको फाइनलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय