एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाह विजयी

काठमाडौं, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह निर्वाचित हुने निश्चित भएको छ । जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै उनको जीत निश्‍चित भएको हो ।

पछिल्लो मतगणनाअनुसार उनले ३१० मत पाएका छन् भने अर्का उम्मेदवार मीन बहादुर शाहीले १६४ मत पाएका छन् । यस्तै प्रकाश रोकायाले मात्र ४ मत पाएका छन् ।

अब १०९ मत मात्रै गणना हुन बाँकी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...