एसिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्दै

काठमाडौं, १८ भदौ । पाकिस्तान र श्रीलंकामा जारी एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले अर्को ऐतिहासिक खेल खेल्दै छ । नेपालले आफ्नो दोस्रो खेलमा आज विश्व क्रिकेटको उत्कृष्टमध्येको एक टोली भारतसँग खेल्दै छ ।

नेपाल र भारतबीचको खेल दिउँसो सवा ३ बजेदेखि सुरु हुने छ । नेपालले पहिलोपटक भारतको सिनियर टोलीसँग खेल्न लागेको हो ।

यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

सुपर फोरमा स्थान बनाउन नेपाल र भारत दुवैलाई यो खेल जित्नैपर्ने छ । वर्षाले अंक बाँडिएमा भारत सुपर फोरमा पुग्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय