गाैरा पर्वः भीम रावलसँगै प्रचण्ड र देउवाले नाचे देउडा

काठमाडाैं, ७ भदाै । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका छन् । गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् ।

राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ । राजधानीमा बसोबास गर्दै आएका सुदुरपश्चिमबासीले आज गौरापर्व मनाएका छन्।

काठमाडौंको टुँडिखेलमा प्रशंसा संरक्षण समूहको आयोजनामा भएको मेलामा सुदुरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।

टुँडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलसहितका नेताहरुले पनि देउडा नाचेका छन्।

कार्यक्रममा उपस्थित खडकबहादुर सिजापतीले आफ्नो कला संस्कृति र धर्मलाई बचाइ राख्नका निम्ती सबै सुदूरपश्चिम, कर्णाली र मध्यपश्चिमका मानिसलाई लक्षित गरी मनाउने गरिएको बताए।

उनले आफूहरुको पहिचान जोगाउनका लागि पनि कला सांस्कृतिको संरक्षण गर्दै गौरा पर्व मनाउने गरिएको बताए।

उनले विशेष गरी युवाहरूले यस पर्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले यस पर्वलाई सुदूरपश्चिमको सिञ्जा उपत्यकाको सभ्यताका रूपमा जोगाउनुपर्ने बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय