समाजवादी मोर्चाको बैठक आज

काठमाडौ। हतारमा गठन गरिएको र फुर्सदमा पनि बैठक बस्न नसकेको समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ।

हिजो आइतबारका लागि तय भएको समाजवादी मोर्चाको बैठक विविध कारण देखाउदै आज सम्मलाई सरेको हो।नेकपा माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी),जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेकपा सम्मिलित मोर्चाको बैठक आइतबार साँझ नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा तय भएको थियो। तर,प्रधानमन्त्री पुष्पकमल दाहाल सहित मोर्चामा रहेका सबैजसो नेता ब्यस्त भएकोले बैठक बस्न सकेन।

सत्ता गठबन्धनकै मुख्य दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई तर्साउन र साइजमा राख्न तामझामका  साथ घोषणा गरिएको मोर्चा अहिले ‘टुहुरो’ अवस्थामा छ। बैठक बस्न समेत हम्मे हम्मे परेको मोर्चाको कार्यदिशा र योजना स्पष्ट छैन।

कर्मकाण्डी रुपमा मात्रै भएपनी आज सोमबार बिहान साढे ७ बजेका लागि बैठक तय भएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार प्रसार विभागले जनाएको छ।

यो बैठक एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा तय भएको छ। यसअघि डाकिएको मोर्चाको बैठक पटकपटक स्थगित भएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय