ललिता निवास प्रकरण: पुर्वप्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिइने

काठमाडौं, ३१ साउन । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले दुई जना पूर्व प्रधानमन्त्रीको बयान लिने भएको छ ।

जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान लिन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

अनुसन्धान अधिकृतहरुले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मुख्यसचिव रहेका लीलामणि पौड्यालसँग आइतबार ६ घण्टाभन्दा लामो समय बयान लिएका थिए ।

बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले २०६९ असोज १८ मा ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न अनुमति दिने निर्णय गरेको थियो ।

नक्कली खडा गरिएको ‘पशुपति टिकिन्छा गुठी’को नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।

माधवकुमार नेपालको कार्यकालमा भीआईपीको निवास विस्तार र ललिता निवास क्षेत्रमा बाटो विस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको अनुसन्धान निष्कर्ष छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय