पहिरोले घर पुरिँदा आमा-छोराको ज्यान गयो

बैतडी, ८ साउन । बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको ज्यान गएको छ । पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा अन्य तीनजना भने घाइते छन् ।
ज्यान गुमाउनेमा २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरी छन् । त्यस्तै ४५ वर्षीया राइमती जागरी, १७ वर्षीय गोब्बर जागरी र ६० वर्षीया जस्मा बोहरा पनि घाइते छन् ।
पहिरोले घरमा पूर्णरुपमा क्षति पुगेको छ भने पशुचौपायाहरु पनि मरेका छन् ।

