कास्की केन्द्रविन्दु भएर भूकम्प

पोखरा, ३ साउन । कास्कीको पोखरा आसपास केन्द्र भएर भूकम्प गएको छ ।

बुधबार विहान ९ बजेर ५३ मिनेटमा कास्की केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पोखरालगायत आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।

पछिल्लो समय पश्‍चिम नेपालमा निरन्तर साना भूकम्पहरु गइरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय