काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, २ साउन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै छ । असार २७ देखि नै बस्‍ने भनिएको भएपनि प्रधानमन्त्रीपत्नी सीता दाहालको निधनका कारण बैठक सारिएको थियो ।

काँग्रेसको केन्द्रीय समिति बैठक एक वर्ष पछि हुन लागेको हो । बैठकको लागि केही दिनअघि देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले एजेन्डा तय गरेको थियो । बैठकमा एक वर्ष भित्र भएका निर्णयहरु अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नविचार गरिने भएको छ ।

यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुने स्रोतले जनाएको छ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने छ ।

साथै, सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने छ । नेपाल विद्यार्थी संघ लगायत भ्रातृसंगठनलाई पुर्णता दिन सभापतिलाई जिम्मा दिने समेत बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय