एमाले अध्यक्ष ओली कम्बोडिया भ्रमणमा जाँदै

काठमाडौं, ३१ असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साउनको पहिलो साता कम्बोडियाको भ्रमणमा जाने भएका छन् ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले आउँदो मङ्गलबार साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् ।
पार्टीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।

