एमाले अध्यक्ष ओली भन्छन्- ०८४ मा एक्लै बहुमत

काठमाडौं, २६ असार । नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पार्टी सरकारमा जान हतार नगर्ने तर आगामी ०८४ सालको चुनावमा एक्लै बहुमत ल्याउने बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरु अब ‘मिसन २०८४’ मा लागेको पनि बताए । उनले अहिलेको सरकारको तागत भनेकै झूट बोल्ने, अफवाह फैलाउने मात्रै भएको भन्दै गठबन्धनका मान्छेहरु अहिलेकै गठबन्धन कायम राख्न चाहन्छन् र उनीहरु उस्तैउस्ताहरु मिलेका छन् समेत भने।

अध्यक्ष ओलीले अगाडी भने-‘हामीलाई सरकारमा जान हतारो होइन हामीले त्यता हेरेको पनि छैनौं । सोचेका पनि छैनौं त्यसैले  हामी पार्टीको ग्रासरुट अभियानमा लाग्यो । अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय