चितवनमा रास्वपाको ‘सयपत्री फूल’ रोप्ने अभियान

काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालीलाई आवश्यक फूल स्वदेशमै उत्पादन गर्नुपर्ने भन्दै चितवनमा फूल खेती गर्ने भएको छ।

फूलको माग भएपनी उत्पादन नहुदा अन्य देशको फूलमा भरपर्नु परेको भन्दै सो पार्टीले चितवनमा ‘सयपत्री फूल रोप्ने अभियान’ नै चलाएको छ। यो अभियान पार्टी सभापति रवि लामिछानेकै निर्वाचन क्षेत्रमा सुरु गरिएको हो।

रास्वपा सभापति एवं चितवन २ का निर्वाचित सांसद लामिछानेको नेतृत्वमा चितवन भरी सयपत्री फूल रोप्ने अभियान अन्तर्गत भरतपुर-१ रामनगरले तिहारलाई लक्षित गरी करिब १ बीघा जग्गामा सामूहिक सयपत्री फूल रोप्ने जनाएको छ।

फूलको बिरुवा तयार पारी साउनको पहिलो हप्तामा अभियान शुरू गर्ने सो पार्टीको भरतपुर महानगर र जिल्ला समितिले जनाएको छ। अभियानमा स्थानीयलाई समेत जोडेर संचालन गर्ने र पार्टीले सहयोग गर्ने भनिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय