ललिता निवास जग्गा प्रकरण: सञ्चार मन्त्रालयका प्रवक्ता राउत पक्राउ

काठमाडौं, २४ असार । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको भएपनि आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।
राउत २०७८ पुस २१ मा सचिव भएका थिए ।

