एमालेले प्रमको राजीनामाको अडान नछाडेपछि संसद बैठक बस्दै नबसी स्थगित

काठमाडौं, २२ असार । प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिबाट उत्पन्‍न विवाद साम्य हन नसक्दा आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न सकेन ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडान नछाडेपछि संसद बैठक बस्दै नबसी स्थगित भएको हो ।

कार्यव्यवस्था बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे संसद्‍मा जवाफ दिने र संसद्‍ खोल्ने प्रस्ताव गरिए पनि पनि एमालेले राजीनामाको अडान नछाडेको हो । यसैकारण बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

एमालेले यस कुरामा आफ्नो बटमलाइन नै प्रधानमन्त्रीको राजीनामा भएको बताउँदै आएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...