श्रीमतिको हत्यापछि श्रीमानद्वारा आत्महत्या

इलाम, २२ असार । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आफैंले आत्महत्या गरेका छन् । इलाम टारसिंहका पिताम्बर खतिवडाले जेठी श्रीमति ५२ वर्षीया राधिका खतिवडाको हत्या गरेका हुन् ।

धारिलो हतियार प्रयोग गरी हत्या भएको देखिएको प्रहरीले जनाएको छ । श्रीमती राधिकाको घटनास्थलमा नै मृत्यु भएको थियो । १४ वर्षीया छोरीले प्रहरीलाई बताएअनुसार बुबाले नै आमाको हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेपछि उनी घर नजिकैको रूखमा गएर झुन्डिएको प्रहरीले बताएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय