काँग्रेसले एक वर्षपछि बल्ल केन्द्रीय समिति बैठक बोलायो

असार २७ मा बैठक बस्‍ने

काठमाडौं, २० असार । नेपाली काँग्रेसले २७ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । एक वर्षपछि बल्ल यो बैठक बोलाएको हो ।

बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ गतेका लागि केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएका हुन् ।

महाधिवेशन पछि केन्द्रिय समिति समेत पुर्ण नभएको र धेरै विभाग खाली रहेको तथा भ्रातृ संगठनहरु पनि छरपस्ट भएको आरोप नेतृत्वमाथि छ । यसैलाई आधार बनाएर पार्टीको संस्थापन इतर समूहले पार्टी रुपान्तरण अभियान समेत चलाउँदै आएको छ।

काँग्रेस केन्द्रीय समिति बैठक एकवर्ष अगाडि २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । असार २७ देखि हुने केन्द्रीय समितिको बैठकले पार्टीलाई नयाँ ढंगले संचालन गर्ने र वर्तमान सरकारबारे समेत छलफल हुने बुझिएको छ ।

गएको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अघि र पछि समेत बैठक बस्न नसकेपछि सभापति देउवा र महामन्त्री गगन थापाबिच वाकयुद्ध समेत चलेको छ ।  हालको सरकारको काम प्रति पार्टीको संस्थापन इतर समुह सन्तुष्ट छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...