अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको ज्यान गयो

अर्घाखाँची, १९ असार । लगातारको वर्षाका कारण पहिरोले घर पुरिँदा अर्घाखाँचीको गोवनपानीमा तीनजनाको ज्यान गएको छ ।
विहान करिब ५ बजेतिर पाणिनी गाउँपालिका–१ मा पर्ने गोवनपानीमा स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट तीन वटा शव निकालिएको र सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

