सांसदलाई यत्रो सुविधा कसरी धान्ने ?

काठमाडौं । नेपालको संघीय संसदमा राष्ट्रिय सभा र प्रतिनिधिसभा गरि दुई सदनात्मक व्यवस्था छ। जहाँ राष्ट्रिय सभामा ५९ र प्रतिनिधिसभामा २७५ गरि ३३४ सांसद छन् ।
यी सांसदहरुलाई संसद सचिवालयले नियमित तलव बाहेक अन्य धेरै सेवा सुविधा दिन्छ । प्रतिनिधिसभामा प्रत्येक्ष जितेर आउने १६५ सांसदहरूलाई सुरुमा उनीहरुले आफ्नो निर्वाचन स्थलबाट काठमाडौँ आउँदा लाग्ने भाडा र बाटोमा खाने खाजा खर्च पनि उपलब्ध हुन्छ। काठमाडौं आउँदा उनीहरुले बस वा प्लेन भाडाको टिकट अनुसार भुक्तानी लिनसक्ने र खाजा खर्च बापत छुट्टै दुई हजार पाँच २५ सय सम्म पाउनेछन् ।
त्यसैगरी एक जना सांसदले तलव वापत मासिक ६६ हजार ७० रुपैयाँ पाउछन्। संसदीय समिति वा संसद बैठक भएर संसद भवन जानु परेको दिन १ हजार भत्ता रओ त्यस दिन सवारी भाडा भनेर थप एक हजार पनि दिइन्छ । यो बाहेक विशेष भत्ता भनेर मासिक १ हजार छुट्टै पाउछन्।
काठमाडौँमा घर नभएका सांसदले मासिक १८ हजार घर भाडा खर्च पाउछन् भने काठमाडौँमा घर भएका सांसदले घर मर्मत खर्च भनेर मासिक ९ हजार पाउछन्, संचार र पत्रपत्रिका खर्च भनेर मासिक ३ हजार पनि पाउछन् । बिजुली र पानीको खर्च भनेर छुट्टै २ हजार पाउछन्, अनि फर्निचर खर्च भनेर एक पटकको लागि १५ हजार पनि पाउछन्।
यो सामान्य सांसदले पाउने तलव र सुविधा हो, विपक्षी दलको नेता, संसदीय दलको नेता, प्रमुख सचेतक वा सचेतक भएमा त्यसको छुट्टै सेवा सुविधा पाइन्छ।
यस अघि सांसदहरुले अधिकृत सरहको सेवा सुविधा पाउने गरि स्वकीय राख्न पाउथे तर सुशिला कार्कीको सरकारले त्यो सुविधा भने खारेज गरेको छ।

