काठमाडौं-३ मा कांग्रेस नै अगाडी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-३ का उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । यसपटक यो क्षेत्रमा तीब्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

यहाँ नेपाली कांग्रेसबाट रमेश अर्याल,नेकपा एमालेबाट रामेश्वर फुयाल,नेपाली कम्युनिस्ट पार्टी बाट निरज लामा,उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजुनाथ पाण्डे उम्मेदवार छन् । अहिलेसम्मको अवस्था हेर्दा यहाँ मुख्य प्रतिस्पर्धा कांग्रेस र एमाले बीच नै हुने देखिन्छ। यी दुबै पार्टीका उम्मेदवार स्थानीय हुन् । कांग्रेसका रमेश अर्याल गोकर्णेश्वर-६ अर्याल गाउँका हुन् भने एमाले उम्मेदवार रामेश्वर फुयाल कागेश्वरी-२ आलापोटका हुन् ।

०६४ को संविधान सभामा नेपाली कांग्रेसबाट चक्रबहादुर ठकुरीले जितेको यो क्षेत्रमा त्यसयता एमाले र कांग्रेसले आलोपालो जितिरहेका छन् । ०७९ मा कांग्रेसका सन्तोष चालिसेले लोकप्रिय मत सहित जित हासिल गर्दा एमाले दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तेस्रो भएका थिए। अहिले यहाँ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र रास्वपाका राजुनाथ पाण्डे पनि उम्मेदवार बनेर आएका छन् ।

बिगतको मतलाई हेर्दा कांग्रेसले आफ्नो मत सुरक्षीत गर्दा मात्र पनि सजिलोसँग जित्न सकिने देखिन्छ। यस क्षेत्रमा रहेका कामपा-६ नम्बर वडा सहित गोकर्णेश्वरका ९ वटा र कागेश्वरीका ३ वटा वडा गरि १३ वडा छन् । जहाँ अधिकांश वडा काङ्ग्रेसले जितेको छ। गोकर्णेश्वरको मेयर,कागेश्वरीको मेयर र सबैभन्दा बढी मत भएको कामपा-६ को वडा अध्यक्ष कांग्रेसले नै जितेको छ।

बिगतमा फराकिलो मतान्तरले जितेको,स्थानीय निकायमा आफ्नै जनप्रतिनिधिले जितेको र विकासका काममा समेत धेरै योजनाहरु ल्याएर जनताको मन जितेको कारण कांग्रेस प्रती यहाँका मतदाता पुनः जोडिने देखिन्छ। यसै क्षेत्रबाट अघिल्लोपटक जितेका सांसद सन्तोष चालिसे अर्थ समिति सभापति समेत भएर काम गरेका र प्रदेशका दुई सांसद पनि काङ्ग्रेस कै भएका कारण विकासका योजनाहरु थुप्रै परेको देखिन्छ। त्यसमाथि गोकर्णेश्वरका मेयर दिपक कुमार रिसालले शिक्षा,स्वास्थ र पूर्वाधारमा गरेको काम अत्यन्तै प्रशंसनीय छ। यहाँ स्वास्थ क्षेत्रमा मेयर रिसालले क्रान्ति नै ल्याएका छन् । उनको कामले यस क्षेत्रका मतदाता निकै खुशी छन् । त्यसैले पनि नयाँ वा पुराना अरु जो आएपनी कांग्रेसलाई दिएको समर्थन र मत फेर्ने मनस्थिति उनीहरुले बनाएको देखिन्न।

फेरि रमेश अर्याल यसअघि गोकर्णेश्वर-६ को वडा अध्यक्ष भएर काम गरिसकेको र त्यसबखत पनि जनताको मनमा बस्न सकेको कारण उनलाई अझै माथी पुर्‍याउन अन्य मतदाताले पनि पार्टी भन्दा माथी उठेर सहयोग गर्ने वचन दिएका छन् । उनको घरदैलोमा कांग्रेस कै नेताकार्यकर्ता बाहेक स्थानीय मतदाता समेत सामेल छन् । जसले रमेशलाई जित नजिक पुर्‍याएको अनुमान गर्न सकिन्छ। यदि कुनै चलखेल भएन भने यहाँ कांग्रेसकै पल्लाभारी हुने कुरामा शंका छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय