केपी ओली,गगन थापा र बालेन अबको प्रधानमन्त्री नै होइनन् -प्रचण्ड

काठमाडौं । सधैं उथलपुथल र क्रमभङ्गताको कुरा गर्ने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ कुरा खुलासा गरेका छन् । उनले अहिले चर्चामा नाम आएका कुनैपनी पात्र प्रधानमन्त्री नहुने बताएका हुन् ।

यद्यपि यो कुरा प्रचण्डले सत्य र तथ्यमा आधारित भएर भन्दापनी चुनावी माहोल तताउन र बौद्धिक बर्गमा नयाँ बहस सृजना गर्न खोजेको देखिन्छ । विभिन्न दल र घटक जोडेर बनेको नेपाली  कम्युनिस्ट पार्टीका संयोजक रहेका प्रचण्डले अहिलेसम्म घोषणा भएकामध्येबाट चुनावपछि कोही प्रधानमन्त्री नहुने दाबी मंगलबार गरेका छन्।

चुनाव अगाडि नै भावी प्रधानमन्त्रीको रूपमा नेपाली कांग्रेसले सभापति गगन थापा, नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका छन् । प्रचण्डले यिनै तीन पात्रलाई भावी प्रधानमन्त्री होइनन् भनेका हुन् ।

आज पनि पार्टी मुख्यालय पेरिसडाँडामा मोहन बैद्द नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी छाडेका केही नेता, चुरे भावर पार्टी र अन्य ब्यक्ति तथा समूहलाई प्रचण्डले पार्टी प्रवेश गराएका थिए। त्यसपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘जसले प्रधानमन्त्री घोषणा गरेका छन्, कोही प्रधानमन्त्री हुँदैनन्।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय