काँग्रेस फुट्दा नेपाल र दक्षिण एशियामा पर्नसक्ने असर

मनोज कुमार कर्ण

नेपाल भूगाेलकाे आधारमा सानाे तुलनात्मकरूपमा देखिएपनि यसकाे भाैगाेलिक अवस्थितिले निकै महत्त्व बढाएकाे छ र साथै याे देश प्राकृतिकरूपमा धनी छ । याे देश कुनै कारणले अशान्त, अन्य देश बंगलादेश, पाकिस्तान, म्यान्मारका बाेर्डरबाट असहिष्णु प्रकारका सामुदायीक कलह उत्पन्न गर्ने नागरिककाे नियतवश बाह्य प्रवेश यहाँ भइरह्याे भने तत्काल भारतलाई असर पर्छ किनकि नेपाल र भारतकाे खुला सीमाना छ ।

यस्तै यदि सात समुद्र पारीबाट अमेरीका वा कुनै देशले नेपालमा दक्षिण एशियाकै देश पाकिस्तान वा कसैसित हाथ मिलाइ प्रवेश गर्याे भने भारत, चीन र यी दुई ठूला राष्ट्रसँग अन्याेन्नाश्रित सम्बन्ध भएका विश्वकै अन्य शक्ति राष्ट्रलाई प्रभाव पर्ने देखिन्छ । परिणामत: क्षेत्रीय असन्तुलन न केवल दक्षिण एशियामा हुनेछ, अपितु विश्वमै शक्ति देशहरूमाझ स्वार्थकाे टकराव उत्पन्न हुन्छ । नेपाल आज यस्तै एतिहासिक सङ्कटमा छ जहाँ पाकिस्तानकाे सहयाेगमा अमेरीकाले २०८२ काे भदाै २३ र २४ गते जेनजी विद्राेहकाे आडमा प्रवेश गरेकाे छ र अब नेपाली काँग्रेसलगायत ठूला दलहरूभित्र आफ्ना मान्छेद्वारा खेलिरहेका प्रत्यक्ष अनुभव गर्न सकिरहेकाे अवस्था छ।

यस्ताेमा नेपालकाे एकमात्र दल पूर्ण लाेकतान्त्रिक मान्यता वैश्विकरूपमा पाएकाे दल नेपाली काँग्रेस फुट्छ भने यसले तत्काल र दीर्घकालीनरूपमा कसरी नेपाल, दक्षिण एशिया र विश्वमा नै गम्भीर असर पुर्याउनेछ र ती काे-काे पात्र तत्काल चिनिनेगरी कसरी नेपाललाई क्षति पुर्याउँदैछ, त्यसतै कुरामाथि याे लेख छाेटकरीमा तयार पारिएकाे छ ।

जेनजी विद्राेहले सतहमा ल्याएका गैह्रजेनजी चेहरा

नेपालमा गत २०८२ भदाैमा जेनजी विद्राेह भई पूर्वप्रधानन्यायधीश सुशिला कार्कीकाे नेतृत्वमा सरकार साेही भदाै २७ गते बनाइए तापनि जेनजी विद्राेह उमेर समूहका काे कहाँ, काे कहाँ छन् । तर गैह्रजेनजी कार्की प्रधानमन्त्रीलगायतहरू अधिकांश मन्त्री मण्डलमा सामेल भएर कति दलमा लागेर वा विवादित नै भएर सरकारबाट बाहिरिइपनि सके भने एक-दुईजना जेनजी मन्त्रीसहित बाँकी सरकारमै छन् ।

जेनजी विद्राेहले नेपालमा केही घण्टाभित्र राज्यकाे वैधानिक सुरक्षा संयत्रलाई “परास्त” गर्दै सरकारलाई बालुवाटार, सिंहदरबार, संसदभवन, अदालत आदिबाट भाग्न विवश पार्याे । यस्ताे हाम्राे कहाली लाग्दाे, डर लाग्दाे र लाजपनि लाग्दाे अवस्था निम्त्याउने खलपात्रहरू राष्ट्रका नायक र यस्ता हाम्रा कृत्रिम दुर्भाग्यपूर्ण अवस्थामा हाँस्ने, आनन्द लिनेहरू कहिल्यै सच्चा नेपाली हुन सक्दैनन् । संक्षेपमा भन्नुपर्दा र उनीहरूकाे संस्थागत लगाव, खुफीया रिपाेर्ट, विगतमा दिएका स्वयम्का अन्तर्वार्ताहरू अब पुन:पढ्दा यस्ता डरलाग्दा देखिन्छन्- काठमाडाैंका मेयर बालेन्द्र साह पाकिस्तानी आइएसआइ र उसकाे द्वारा परिचालित अन्डरवर्ल्ड डन दाउद ईब्राहिमका लागि काम गर्ने हुन्छु भने उता रवि लामिछाने, सुशिला कार्की, कल्याण श्रेष्ठ, सुदन गुरूङ, कुलमान घिसिङ, सागर ढकाल, सरकारमा अधिकांश सामेल अन्य मन्त्रीहरू सबै काेही अमेरीकि सिआईए वा त्यहाँका युथ वा अन्य संस्थासँग जाेडिएकाहरू हुन् ।

विकिलिक्सकाे खुलासा अनुसार काँग्रेसका गगन थापालाई अमेरीकाले केही वर्ष पहिला नै आफ्नाे मान्छे भनेर देखाएकाे थियाे, जसबारे थापाले विकिलिक्सबाट अर्काे सफाईपत्र ल्याएकाे वा, त्यसले आफ्नाे बदनाम गराएकाे भनेर मुद्दा कतै देश वा विदेशमा लडेकाे कहिल्यै सुनिएन, समाचार पढिएन । बरू थापाले साल २०७४ काे चुनावपछि अमेरीकामा कुनै न कुनै कार्यक्रममा नेपालकाे विपक्षी दलबाट पटकपटक गएर भागलिइरहेका भिडियाेहरू उनकै सचिवालयले सामाजिक सञ्जालमा हालिरह्याे । हाे, नेपालमा जेनजी विद्राेहमा काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत धेरै अन्य नेताहरू आक्रमणमा परेपनि थापाले विडियाेहरू जारी गर्दा सभापती देउवा दम्पत्तिमाथि भएकाे साङ्घातिक आक्रमणकाे कुनै भर्त्सना, विराेध नगरीकन केवल जेनजी विद्राेहकाे आैचित्य पुष्टि गर्दै स्वयम् हातेमालाे गरेर अब पार्टी कब्जा गर्न सघाउन आह्वानरूपी सङ्केतहरू पटकपटक गरे ।

विशेष महाधिवेशनकाे नाममा काँग्रेस खाेसियाे

विवादास्पद मेडिकल व्यवसायी, एमाले र माओवादीहुँदै हाल राजावादी बनेका चरम् महत्त्वाकाँक्षी तथा ब्लैकमेलर दुर्गा प्रसाईंकाे दाबीलाई मान्ने हाे भने नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अमेरीका र उसकाे डलर (५२ कराेड) काे बलमा निर्वाचन आयाेगका आयुक्तहरूलाई प्रभावितपारेर आफ्ना अवैधानिक विशेष अधिवेशन गत २०८२ पाैष २७ र २८ गते भएकालाई वैधता प्राप्त गरेका छन् । याे प्रसाईंवाला तथ्य यस कारण यहाँ जरूरत छ कि प्रसाईंका ईन्फाैर्मर नै भीभीआईपीका सुरक्षा निकायका काेही हुन् ।

विदेशीकाे बहकावमा थापा स्वयम्पनि सजिलै लाग्ने गरेका उनका हिस्ट्रीपनि छ । जस्तै- २०६२/०६३ सालकाे जन आन्दाेलनमा थापा त्रिचन्द्र क्याम्पसबाट आफैं उफ्रेपनि कमाण्डर तथा काँग्रेस सभापति गिरिजाप्रसाद काेइरालाले अमुक दिन फ्लानाे ठाउँबाट मास ल्याउभन्दा थापा शंकर हाेटलमा एउटा छिमेकी देशकाे दूतावासका कर्मचारीसँग खानपीनमा रमेकाे रिपाेर्ट, शाेभाकर पराजुलीले र एमालेका याेगेश भट्टराइले पनि असहयाेग गरिदिंदा नै पछि गिरिजाबाबूले आफ्नाे टीमबाट थापा, पराजुलि र उता भट्टराइलाई अवश्वासगरेका थिए । सुशील काेइरालालेपनि यिनिहरूलाई पत्याएनन् र, याे कुरा गिरिजाबाबूकी सुपुत्री सुजाता काेइराला र गिरिजाबाबूकाे लिगेसी भनेर राजनीति गरिरह्नुभएका डा. शेखर काेइरालाहरूले आज आएर बुझ्नु धेरै जरूरी छ । आज राजनीति, केही थान टिकट जाेगाउनुभन्दा पनि देशमा विदेशी प्रभाव पर्न दिनबाट राेक्ने कि नराेक्ने भन्ने सवाल उठेकाे छ ।

वास्तवमा थापा, माथि उल्लेख गरिए अनुसार, २०७४ सालमा केपी ओलीकाे अस्थायी नेकपा (एमाले र माओवादी सम्मिलित) कै सरकारदेखि अमेरीकि पूर्ण प्रभावमा परिसकेका थिए जसकाे प्रष्ट झलक २०७९ काे संसदीय निर्वाचनताका “सर्लाहीबाट म लड्छु” भनेर भारतीय लब्बी भनेर प्रचार गरिएका डा. अमरेशकुमार सिंहकाे टिकट खाेसेर उनलाई धपाएका थिए । साेहि २०७९ कै चुनाव अघि आफ्ना स्वकिय सचिव मनिष झासमेत निस्केर रवि लामिछानेकाे नेतृत्वमा रास्वपा खाेल्दा, त्यसले गगन थापाकाे क्षेत्रमा उम्मेद्वार नठाउँदा र लामिछानेकाे अमेरीकि कनेक्शन एकपछि अर्काे नीलाे रङ्ग प्रयाेग, घण्टी छाप, अमेरीका बसाई, दाेहराे राहदानी मुद्दामा नेपालमा मुद्दा चलेपनि अमेरीकि चुप्की सँधाई आदिले गर्दा अमेरीकि खास मान्छे रहेकाे र थापासँग “राम्रै घनिष्ठता” रहेकाे देखाइसकेकाे थियाे ।

काँग्रेसभित्र सभापति देउवा अलाेकप्रीय गतिविधि एकपछि अर्काे गरि गर्दैगएका, आर्थिक मामिलामा अपारदर्शीता बढाएका र खासगरी एमाले/माओवादीसँग कहिले चुनावी अलायन्स भने कहिले सत्ता अलायन्स गर्दा उनीप्रति आफ्नै दल र देशमा असन्तुष्टी थियाे । तर जेनजी विद्राेह भइसकेकाे परिप्रेक्ष्यमा स्वभाविक पन्ध्राैं महाधिवेशनकाे निर्णय काँग्रेसकाे कार्य समितिबाट २०८३ वैशाखमा गराउनेभनी महामन्त्रीद्वय थापा र शर्मा सम्मिलित बैठकबाट पारित भइसकेको अवस्थामा केवल ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिकाे हस्ताक्षर (विधानत: ४० प्रतिशत चाहिनेभन्दा बढी दाबी) आफूहरूसँग रहेकाेकै भरमा विधानकै अर्काे प्रावधान “कार्य समितिबाट विशेष अधिवेशनकाे निर्णय पारित गरिनुपर्ने” लाई बेवास्ता गरेर गत २०८२ पाैष २७/२८ गतेतिर भृकुटी मण्डपमा विशेषकाे नाममा नेतृत्व अपमानपूर्वक, भाषामा मीठाे बाेलेपनि शत्रुता र कपटपूर्वक बलजफ्ति थापा-शर्माद्वारा खाेसिएकाेले नेपाली काँग्रेस विभाजनकाे संघारमा हाल पुगेकाे छ । यसमाथि एकातर्फ निर्वाचन आयाेगले काँग्रेसकाे विधान नपल्टाएकाे आराेप छ भने अर्काेतर्फ नयाँ दल यदि देउवाकाे वा गगनकै बन्नेभएपछि चुनावकाेलागि समय नदिने भएकाेले याे अती षड्यन्त्रमूलक गम्भीर प्रहार नियाेजितरूपमै देशी-विदेशी तत्वबाट गराइरहिएकाे प्रष्ट बुझिन्छ ।

हुनत देउवा समूह निर्वाचन आयाेगकाे निर्णय थापा समूहलाई वैधानिकता दिनेविरूद्ध २०८२ माघ ०४ गते अदालतमा याचिका दायर गरिसकेकाे छ तर पूर्वप्रधानन्यायधीश रहि अदालतमा प्रभाव जमाउने, अमेरीकि लगावले हाल प्रधानमन्त्री बन्नुभएकी र साल २०७४ तिरै तात्कालीन् प्रम देउवाबाट महाभियाेग झेल्नुभएकी सुशिला कार्की हुनुहुञ्जेल अनि दुर्गा प्रसाईंकाे ५२ कराेडकाे चर्चाबीच देउवा पक्षले दलकाे आधिकारीकता पाउने र फेरि निर्वाचन आयाेगले निर्वाचन प्रकृयामा सामेल गराउन सघाउने जस्तामा आम स्वतन्त्र नेपाली नागरिकले विश्वासगर्न गाह्राे छ । सहिसलामत् विधानसम्मत निर्णय आइदियाे भने नेपालकाे अहाेभाग्य !

काँग्रेस फुट्दाकाे असर

भारतले पाकिस्तानमाथि आफ्ना नागरिकलाई जम्मू-कश्मिरकाे पर्यटकीय क्षेत्र पहलगाममा आतंकवादीद्वारा मराइदिएकाे भनी “अपरेशन सिंदूर” गरेदेखि नै पाकिस्तानले आणविक शक्तिकाे लागि चीनभन्दा अमेरीकामाथि भरपर्नुपर्ने निष्कर्श निकालेकाे हाे । पाक आर्मी चीफ यासेर मुनिरले अमेरीकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई कम्तिमा दुई चाेटी भेट्दा नै अमेरीकाले पनि भारतीय प्रम नरेन्द्र माेदीलाई “देखाइदिने” भन्दै भारतमाथि र नेपालमा पाकिस्तानमार्फत् (बालेन्द्र साहद्वारा) प्रवेश गरि दक्षिण एशियालाई नियन्त्रण गर्ने खुराफात याेजना बनाएर हाल कार्यान्वयन गरिरहेकाे बुझिन्छ । साेही याेजना मुताबिक काँग्रेसमा नेतृत्व खाेस्न लगाई अब अर्का ठूला कम्युनिस्टलगायत दलहरूपनि प्रभावमा पार्ने रणनीति बनाएकने देखिन्छ, जबकी रास्वपालगायत नयाँ नेता भनी उदाएकाबारे अमेरीकि लगाव माथि नै उल्लेख गरिसकियाे ।

विगतमा सभापति देउवामाथि अमेरीकि लब्बीका भनिएपनि हाल अमेरीकाले उनलाई आफ्नाे प्रभावमा नरहेकाे ठम्याएर अनि पहिला अमेरीकाले नेपाललगायत दक्षिण एशियामा भारतीय चश्माले हेर्ने गरेकामा अब आफैंले नेपाल हेर्ने, हेर्नेमात्र हैन प्रभावपनि अर्का “युवा तथा गैह्रजेनजी” नेताहरू काँग्रेस, एमाले, नेकपा आदिमा रहेकाबाट पार्ने गरिरहेकाे देखिन्छ । काँग्रेसमा पछिल्लाे युवाकाे अवैधानिक हस्तक्षेपपछि निर्वाचन आयाेगकाे निर्णय अघि नै एक पूर्व महामन्त्री शर्मामा “एक साताभित्र हामी सानेपा कार्यालयमा बसेरै बैठक बस्नेछाैं” भन्ने पूर्णविश्वास अनि नेता प्रदीप पाैडेलले निर्वाचन आयाेगकाे निर्णयपछि “विधि-विधानमा प्रश्न नउठाआैं, अन्य कुरामा मिलेर जाआैं” भन्नुले नै उहाँहरू दबावमा नेतृत्व खाेसेका र त्याेपनि अवैधानिक तवरमा भन्ने कुराे प्रष्ट्याउँछ ।

काँग्रेस पार्टीकाे आधिकारिकता विधान नपल्टाएर निर्वाचन आयाेगले नदिएकाे जस्तै यस्ताे गर्न लगाउने अदृष्य शक्तिले नै तथा विगतकाे आफूमाथिकाे महाभियाेगकाे बदला लिन व्यक्ति विशेष सुशिला कार्कीले स्वभावत: पुन: प्रभावपार्ने अनुमान लगाइन्छ । अवस्था हाल कस्ताे छ भने देउवा समूहले अदालतबाट वैधानिकता नपाएमा पनि काँग्रेस एक रह्नसक्छ (भलै कति नेताकाे अवसर आसन्न चुनावमा गुम्नेछ) तर यदि देउवा समूहले अदालतबाट वैधता पाएमा भने पार्टी फुट्नसक्छ किनकि विशेष महाधिवेशन पक्षधरमाथि लगानी गरेकाहरूले “चूप” नबस्ने हाे किनकि त्याे बाह्य शक्तिले नेपाल र दक्षिण एशिया समर्पित नेपालका राजनीतिक पुराना दलहरू एक्यबद्ध, बलिया र सत्तारूढ हुन चाहेकाे छैन, आसन्न चुनावपछि ! अर्थात्, नेपालका जेनजी विद्राेह अघिका राजनीतिक सत्तारूढ वा प्रतिपक्षी शक्तिले नेपालमा अमेरीकि-पाक हस्तक्षेप राेक्न चाहेर भारत-चीनलाई डिस्टर्ब नगरी शान्तसँग बस्न चाहन्छ भने जेनजी विद्राेह र त्यसकाे नाममा हाल दलभित्रसमेत खल्बल मच्चाउन लगाइरहेका विदेशी ताकतले नेपाललाई “अस्थिर” पारेर भारत र चीनलाई तत्काल हल्लाउन चाहन्छ ।

स्वभाविक छ कि काँग्रेस फुट्दा यहाँकाे लाेकतन्त्र, संविधान कमजाेरमात्र पर्ने नभई अन्य दलमा पनि प्रभावपर्दै जानेछ र अन्तत: देशकाे अस्तित्वमाथि नै सङ्कट देखापर्दैछ । स्तम्भकारले “देश प्रथम” भन्ने साेचले नै युनिवर्सिटिकाे मान्छेकाे कर्तव्य ठानेर र केहीपनि पर्वाह नगरेर यति खाेलेर लेख्दैछ । अमेरीकाले भेनुजुएला र ग्रीनल्याण्ड, रूसले जुन युक्रेनमाथि गर्दैछन् भाेली चीनले ताईवानमाथि र हुँदाहुँदा अमेरीका, चीन र पाकिस्तानले नै भाेली नेपालमाथि केही नगरेर चूप लागेर बस्लान् भन्ने पत्याउने कुनै आधार छैन अर्थात्, नेपाल विश्वमा आजसम्म ईतिहासमा कसैकाे आधिपत्य नस्वीकारेकाे
“गुलाम नभएकाे” गर्विलाे ईतिहासमाथि कालाे बादल लागेकाे देखिन्छ । दुर्भाग्य, नेपालका युनिवर्सिटिज्का यति रिसर्चरहरूले सबै बुझेर, जानकारी पाएर पनि कुनै-न-कुनै दबावमा वा, भविष्यकाे लाेभमा परेर चुप्की साँधेका छन्, जुन न असल नागरिककाे कर्तव्य हाे र नै त देशचक्ति ।

(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय