गगनलाई साथ दिने ३२ जना देउवाका सारथी !

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले निर्वाचन आयोगमा पार्टी विशेष महाधिवेशन र त्यसले लिएका निर्णय खुल्ने आवश्यक कागजात बुझाएका छन् ।

उपसभापति र महामन्त्री सहितको आफ्नो टिम लिएर निर्वाचन आयोग पुगेका सभापति थापाले आवश्यक कागजपत्र बुझाएपछि पार्टीको आधिकारिकताबारे आइतबारसम्म टुंगो लाग्ने अपेक्षा गरेका छन् । आयोगले पनि अध्यन गरेर छिटो निकास दिने जनाएको छ।

युवापुस्ताको चाहना अनुसार विशेष महाधिवेशन गर्न अघि बढेका थापाले सभापति हुँदा शेरबहादुर देउवा निकटका झन्डै तीन दर्जन नेताको साथ पनि पाएका छन् । गगन नेतृत्वको कार्यसमितिमा उपसभापति रहेकि पुष्पा भुषाल र सहमहामन्त्री रहेका फरमुल्लाह मन्सुर देउवाका सारथि थिए। त्यसैगरी देउवाले पार्टी फुटाउदा समेत साथ दिएका पूर्व उपसभापति गोपालमान श्रेष्ठ,उद्योगी विनोद चौधरी र वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा पनि देउवाका खास थिए।

त्यस्तै अहिले गगन नेतृत्वमा सहमहामन्त्री रहेका सात जना नेता पनि देउवा नेतृत्वको कार्यसमितिका केन्द्रीय सदस्य हुन् ।सहमहामन्त्रीमा निर्विरोध चयन भएका डा. डिला संग्रौला पन्त, प्रकाश रसाइली स्नेही, बहादुरसिंह लामा, उदय शमशेर राणा, मुक्ताकुमारी यादव, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा केन्द्रीय सदस्य थिए ।

देउवा नेतृत्वको केन्द्रीय समितिका २० केन्द्रीय सदस्य थापा नेतृत्वको समितिमा पनि केन्द्रीय सदस्य नै छन् । थापा नेतृत्वको समितिमा गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्र केसी, अर्जुनप्रसाद जोशी, चिनकाजी श्रेष्ठ, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुब वाग्ले, विनोद चौधरी, मोहन आचार्य, अजयबाबु सिवाकोटी, जानकी सिंह, नानु बास्तोला, धना खतिवडा, प्रतिमा गौतम, तारामान गुरुङ, अब्दुल सत्तार, अब्दुल रज्जाक र गोपाल दहित सदस्य बनेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय