राष्ट्रियसभामा एमाले र नेकपाले टुङ्याए उम्मेदवार


काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार टुंगो लगाएका छन् । एमालेले कांग्रेससँगको गठबन्धनमा ८ र नेपाली कम्युनिस्ट पार्टीले एक्लै १७ उम्मेदवार टुंगो लगाएको हो।

नेकपा एमालेले कोशीबाट रोशनी मेचे र लुम्बिनीबाट पूर्वमन्त्री रामकुमारी झाक्रीलाई उम्मेदवार बनाएको छ। झाँक्री र मेचे बाहेक वाग्मतीबाट डा.प्रेम दंगाल, कोशीबाटै सोम पोर्तेल, मधेश प्रदेशबाट रेखा झा, गण्डकी प्रदेशबाट सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाएको छ । त्यस्तै कर्णालीबाट मीना रखाल र सुदुर पश्चिमबाट पूर्व माओवादी नेतृ लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाइएकोच छ ।

उता प्रचण्ड नेतृत्वको नेकपाले कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई उम्मेदवार बनाएको छ । मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झालाई उम्मेदवार बनाएको छ।

यसैगरी गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारा, सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ। गण्डकीबाट एक जनाको नाम टुंग्याउन बाँकी रहेको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय