११ करोड वढिको कारोबार गर्दै सकियो लेखनाथ महोत्सव

लेखनाथ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ ।

१२ दिनसम्म सञ्चालन भएको महोत्सव अन्तिम दिन सोमबार सम्म आईपुग्दा ११ करोड २० लाखको कारोबार गर्न सफल भएको र ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका प्रचार प्रसार संयोजक ध्रुववावु भटृराईले जानकारी दिए ।

सोमबार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने गरेको बताए। उनले मेलाले क्रेता र विक्रेतालाई एकै ठाउमा जम्मा गरि बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने पनि बताए ।  प्रमुख आचार्यले जेन्जी आन्दोलनका कारण व्यवसायीहरुमा पुगेको क्षती र मनोबल गिरेको अवस्थालाई ध्यानमा राख्दै आर्थीक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा हामी चिन्तनशिल हुनुपर्नेमा जोड दिएका थिए ।

पोखरा आसपासमा संचालन हुने महोत्सवलाई नजुधाउने गरि महानगरले सहजिकरण गर्दै आएको उल्लेख गर्दै साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनासतालमा वाटर स्र्पोर्टस सञ्चालन गर्ने योजना रहेको भएपनि ३ वर्षदेखी उक्त योजना अगाडी वढ्न नसकेको वताए । उनले उक्त योजना सञ्चालन गर्न ढिला भईसकेको वताउँदै यसलाई अगाडी वढाउनका लागी स्थानियहरुको साथ सहयोगको अपेक्षा व्यक्त गरे ।

प्रमुख आचार्यले पोखरा-मुग्लीन सडक निर्माणको अन्तिम चरणमा रहेको वताउँदै यस पश्चात पोखरा–लेखनाथको दुरी घट्ने वताए । उनले लेखनाथको विकासमा महानगरको तर्फबाट कुनै विभेद नगरिएको वताउँदै बरु विकासका ठुला योजनाहरुलाई लेखनाथमा केन्द्रीत गरिएको ले अबका दिनमा लेखनाथवासीले आफुहरु मर्कामा परेको अनुभुति गर्न नपर्ने वताए ।

कार्यक्रमा रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुको साथै रुपा र पोखराको एकिकृत विकासका लागि योजना बनाउनुपर्नेमा जोड दिए।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ वडाअध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्था र उद्योग ब्यवसायि वसेर एकिकृत विकासका योजना वनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताईन ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय