देउवा दम्पती सहित २४ जनाले गरेनन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर

काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु देउवा सहित २४ सांसदले हस्ताक्षर गरेका छैनन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाको
पक्षमा कांग्रेसका ६५ जना सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर,सभापति देउवा दम्पती सहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि हस्ताक्षर गरेका छैनन् । कार्यबाहक सभापति समेत रहेका पूर्णबहादुर खड्का,उपसभापति धनराज गुरुङ र बरिस्ठ नेता डा.शेखर कोइरालाले समेत पुनःस्थापनाको पक्षमा हस्ताक्षर नगरेको बुझिएको छ।
मंसिर २३ गते विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे सचेतक सुशीला थिङसहित ८ सांसदले पुनर्स्थापना माग्दै रिट दायर गरेकोमा त्यही रिटमा मंगलबार थप ५७ सांसदले पूरक रिट दर्ता गरेका थिए । त्यो रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज बुधबार सुनुवाइ थियो ।
क-कसले गरेनन् हस्ताक्षर ?
१. अर्जुन नरसिंह के.सी.
२. डा. आरजु राणा
३. उदय शमशेर राणा
४. कुसुमदेवी थापा
५. गगन कुमार थापा
६. दिक्पाल कुमार शाही
७. धनराज गुरुङ
८. पूर्ण बहादुर खड्का
९. प्रतिमा गौतम
१०. प्रदीप पौडेल
११. मुक्ता कुमारी यादव
१२. मैना कार्की
१३. मोहन बहादुर बस्नेत
१४. योगेश गौचन थकाली
१५. लिलादेवी वोखिम (लिम्बू)
१६. विमलेन्द्र निधि
१७. विश्वप्रकाश शर्मा
१८. डा. शेखर कोइराला
१९. शेर बहादुर देउवा
२०. सपना राजभण्डारी
२१. सिता मिजार
२२. सुरेन्द्र राज आचार्य
२३. संजय कुमार गौतम
२४. हृदयराम थानी

