मिराज ईन्स्टिच्युटका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

काठमाडौं । मिराज ईन्स्टिच्युट फर भोकेशनल एजुकेसन एन्ड रिसर्चले काठमाडौं महानगरपालिका वडा नम्बर-६ को सहयोगमा आयोजना गरेको एक महिने तालीम समापन भएको छ।

तालिम समापनसँगै सोमबार आयोजित कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ। मिराज ईन्स्टिच्युटले विभिन्न समयमा सीपमूलक र रचनात्मक तालीम आयोजना गर्दै आएको छ।

 

कामपा-६ बौद्ध स्थित ईन्स्टिच्युटको सभाहलमा आयोजित कार्यक्रममा ईन्स्टिच्युटमा केक,बेकरी र वारिस्ता तालीममा सहभागी ४८ जना प्रशिक्षार्थीले प्रमाणपत्र पाएका छन् ।

गोकर्णेश्वर नगरपालिका प्रमुख दिपककुमार रिसाल,कामपा-६ का वडा अध्यक्ष भुवन लामा लगायतले सहभागीलाई प्रमाणपत्र दिएका हुन् । सोही अवसरमा प्रशिक्षकलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो।

सो अवसरमा बोल्दै गोकर्णेश्वरका मेयर दिपक रिसालले सीप सिकेका प्रशिक्षार्थीले त्यसलाई व्यवहारमा लैजान सके आम्दानी बढ्ने र आफैं रोजगार सृजना गरी जीवन सुखमय बनाउन सकिने बताए। उनले नगरपालिकाले रोजगार मुलक र सीपमूलक काममा सधैं सहयोग गर्दै आएको र अहिले पनि निरन्तर ‘मिसन रोजगारी’ कार्यक्रम अन्तर्गत थुप्रै तालिम संचालन भैरहेको बताए। साथै आगामी दिनमा मिराज ईन्स्टिच्युटसँगै समन्वय र सहकार्य गर्न सकिने पनि बताए ।

कामपा-६ का वडा अध्यक्ष भुवन लामाले ज्ञान र सीपले मानिसलाई पूर्ण बनाउन र जीवनलाई लक्ष्यमा पुर्‍याउन महत्त्वपूर्ण सहयोगी कार्य भएकोले तालिममा सहभागी सबैलाई बधाई सहित शुभकामना दिए। उनले वडा मार्फत हुने सबै सीपमूलक कामको लागी समूदायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्दता पनि जनाए  । वडा अध्यक्ष लामाले उद्यमशील बन्ने अभियानमा आफ्नोतर्फबाट जुनसुकै समन्वय गर्न कन्जुस्याइँ नगर्ने समेत बताए। उनले बेकरी र बारिस्ता तालिमको लागि आफू सधैं बजेट ब्यबस्था गर्न तत्पर रहेको सुनाए।

योगेश बस्ताकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिराज ईन्स्टिच्युटका सल्लाहकार संरक्षक बिष्णु बस्ताकोटी,बालकुमारी माद्यामिक विद्यालयका प्रीन्सिपल इन्द्र कुमार राई,सोल्टी होटलका नृपस्वी गौतम लयातले धारणा राखेका थिए।

 

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय