९ वटा देश भएर बग्ने विश्वको ठूलो ‘अमेजन’ नदीको रोचक तथ्य

लम्बाईको हिसाबले नाइल नदी संसारकै सबैभन्दा लामो नदी हो। संसारकै सबैभन्दा धेरै पानी बगाउने हिसाबमा ठूलो नदी भने अमेजन हो।अमेजन नदीलाई आश्चार्य र रहस्यले भरिएको नदीको रुपमा पनि लिइन्छ।किनकी यस विशाल नदीको खोज,अनुसन्धानको क्रममा प्रत्येक पल्ट केही न केही नयाँ तथ्य र नयाँ कुराहरु फेला परिराख्नुले पनि यो नदीलाई रहस्यमयी नदी पनि भनिन्छ।
त्यसो त अमेजन नदी संसारकै रहस्यमी र विशाल अमेजन जंगल भएर बग्ने गरेको छ।जति अमेजन जंगलमा रहस्यहरु लुकेर रहेका छन् त्यति नै रहस्य अमेजन नदीमा पनि रहेको छ भनिन्छ।
अमेजन नदीले विश्वको ताजा पानीको २० प्रतिशत समुन्द्रमा मिसाउँछ।
यो नदीको लम्बाई करिब ६ हजार ५ सय किलोमिटर भन्दा धेरै रहेको छ।केही अनुसन्धानले अमेजनलाई नाइल नदी भन्दा पनि लामो भएको देखाएको छ।तर,यो आधिकारिकता भने होइन।
अमेजन ब्राजिल,पेरु, कोलम्बिया, बोलिभिया, भेनेजुएला, इक्वेडर, गुयाना, सुरिनाम, र फ्रेन्च गुयानाका नदीहरू मिसिन्छन्।अर्थात अमेजन नदी दक्षिण अमेरिकाको नौ देश भएर बग्दछ।
अमेजन नदी विश्वकै सबैभन्दा घना अमेजन जंगल हुँदै अगाडी बढ्दछ।अमेजन जंगललाई विश्वको फोक्सो पनि भनिन्छ।यो जंगलले विश्वको २० प्रतिशत अक्सिजन उत्पादन गर्दछ।
अमेजन नदीमा पाइने पिंक रिभर डल्फिन (Pink Dolphin) अत्यन्त दुर्लभ र सुन्दर जलचर हो।
अमेजन नदी १० किलोमिटर देखि १०० किलोमिटर सम्म चौडाईको छ।साथै यस्को गहिराई २० मिटर देखि १०० मिटर सम्म रहेको छ।यो नदीले अन्तिममा एटलान्टिक महासागरमा मिसिएर आफ्नो यात्रा पूरा गर्दछ।
अमेजन नदीको किनारामा थुप्रै विकसित शहरहरु बसेका छन्।अमेजन नदीको थुप्रै विशाल सहायक नदीहरु रहेका छन्।
संसारको ठूला-साना नदीहरुको उद्धगमस्थल प्रष्ट रुपमा पत्ता लागेको हुन्छ।कुनै नदी हिमालको हिउँ पग्लिएर बग्छन्।कुनै नदी बर्खाको पानीको कारण बग्ने गर्दछ तर,अमेजन नदीको खास उद्धगमको बारेमा मतभेद रहेको छ।अमेजन नदीको उद्धगमको बारेमा एकमत छैन।धेरै स्रोतहरूले पेरुको एण्डिज पर्वतमालामा रहेको नेभाडो मिस्मी नामक हिमशिखर नजिकैलाई मुख्य स्थानका रूपमा उल्लेख गर्छन्।केही तर्कहरु भने- संसारका विशाल नदीहरुको उद्धगमस्थल एकै ठाउँ हुन सक्दैन।त्यसैले अमेजन नदीको उद्धगमस्थल भनेर एकै ठाउँलाई मान्न नसकिने भन्ने पनि छ।
अमेजन नदी क्षेत्रमा पाईने एनाकोण्डा संसारकै सबैभन्दा ठूलो र शक्तिशाली सर्प हो।त्यहाँ पाईने ग्रीन एनाकोण्डाको तौल २०० देखि २५० किलोसम्म हुने गर्दछ।त्यस्ता एनाकोण्डा दुर्लभ अवस्थामा ८-९ मिटरसम्म भेटिएका दाबी गरिन्छ।
अमेजन नदीको बारेमा सबैभन्दा रोचक झट्ट सुन्दा अपत्यारिलो लाग्ने तर ब्राजिलका वैज्ञानिकले सन् २०११ पत्ता लगाएको नयाँ कुरा के भने- अमेजन नदीको ठिक तल भूमिगत तरिकाले बग्ने अर्को एक विशाल नदी पनि छ जस्लाई ‘हम्जा’ भनिन्छ।हम्जा नदी जमिनमुनी १३ हजार फीट गहिराईमा बग्ने गर्दछ।यो नदीको लम्बाई ६ हजार किलोमिटर रहेको छ।
हालसम्म अमेजन नदीमा ५ हजार ६ सय प्रजातिका माछाहरु खोज-अनुसन्धान बाट पत्ता लागिसकेको छ।अर्को रोचक कुरा के छ भने-हरेक बर्ष अमेजन नदीमा पचास नयाँ प्रजातिका माछा पत्ता लाग्दछ।
अमेजन नदीमा कुनै पनि पूल छैन।किनकी यो नदी धेरै चौडा छ।साथै किनारा नरम, दलदली, वा स्थिर छैन।तसर्थ पुलका आधार (foundations) निर्माण गर्न गार्हो पर्छ।साथै संवेदनशील जैविक विविधता भएको कारण कतै उपयुक्त स्थानमा पुल बनाउँन सकिने भएमा पनि जंगलका काठ लगायत दुर्लभ जनावरको चोरी-शिकारी हुन सक्ने खतराको कारण पनि पूल नबनिएको हो।
अमेजन जंगलभित्र एक यस्तो नदी छ जस्को तापक्रम ५० देखि ९५ डिग्रीसम्म हुन्छ।यो नदीको पानी सिधै अमेजन नदीमा त मिसिदैन तर अमेजन नदी बनाउँने अमेजन प्रणालीमा भने मिसिन्छ।

