कुलमान,रवि र बालेन एकठाँउ !

काठमाडौं । अन्ततः अबको केही घन्टामा नेपाली राष्ट्रिय राजनीतिमा अनौठो संयोग जुर्नेछ। नयाँ र वैकल्पिक भन्नेहरूको एकता पनि नयाँ तरिकाले हुने भएको छ।

अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँगको तस्बिर साझा गरेलगत्तै अबको केही घन्टामा राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीसँग पनि घिसिङको भेट हुनेछ। सम्भवतः भेटपछिको तस्वीर साझा गर्दै कुलमानले लेख्नेछन्-‘देश बनाउने अभियानमा हामिहरु सँगै छौं ।’

मन्त्री कुलमान घिसिङले हिजो बालेनसँग भेटेपछि पनि यही शब्द लेखेका थिए । जसले धेरैको ध्यान तान्यो। कुलमानले राष्ट्रिय स्वतन्त्र पार्टी भित्र महत्त्वपूर्ण पद लिने कसरत गरेका छन् । यद्यपि त्यसमा नख्खु जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको ‘ग्रीन सिग्लन’ आउँन बाँकी छ। रास्वपाका नेताहरूले आज दिउँसो रविलाई साँझसम्म कुलमानसँगको एकता टुंगोमा पुर्‍याउने छन् ।रास्वपा केन्द्रीय संगठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठको भनाइलाई आधार मान्ने हो भने अब कुलमान-रवि एकता टाढा छैन ।’हामी छलफलमा छौं,सकारात्मक रिजल्ट आउनेछ’ उनले भने-,’सबै वैकल्पिक शक्तिहरु एकठाउँ उभिएर मात्रै जनताबाट तिरस्कृत भैसकेका पुराना शक्तिलाई परास्त गर्न सकिन्छ भन्नेमा सबैको मत मिलेको छ,अब मन पनि मिल्छ।’

यसैगरी कुलमान निकट उज्यालो नेपाल पार्टीका एक नेताले पनि यसको पुष्टि गर्दै भने-,’मिलेर जाने कुरामा कुलमान सर सकारात्मक हुनुहुन्छ । तर,सबैले आ-आफ्ना दम्भ र घमण्ड चाहिँ त्याग्नुपर्छ ।’ उनको भनाइमा रास्वपाले एक्लै जित्छौ जस्तो गरि कुलमानको शक्तिलाई कम आकलन गरिरहेका कारण एकताको वातावरण बन्दै भत्किदै गरेको हो। तर, अब निर्वाचन नजिक आइरहेको र पुराना दलहरूले अझैपनी दम्भ देखाइरहेकाले अब रवि,कुलमान,बालेन सहित सबै शक्ति एकठाउमा उभिने पक्का भएको रास्वपा नेताहरूले पनि बताएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् । जहाँ कुलमानको लागि बालेनले सघाउने भनिसकेका छन् भने रविको पार्टीसँग एकता भए सजिलै जितिने नत्र निर्वाचनमा मिलेर लड्ने गरि भएपनी कुलमानको लागि ठाउँ सुरक्षित गर्ने उज्यालो नेपाल पार्टीको योजना छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय