दल दर्ताको समय ४ दिन थपियो

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ ।आज बुधबार सम्मको समयमा नयाँ पुराना प्राय सबै दल दर्ता भएपनी केही दल एकताको तयारीमा छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय आज सकिएपछि आयोगले पुनः थप गरेको हो । नयाँ केही दलले पार्टी एकता वा एउटै चुनाव चिन्हमा उम्मेदवारी दिनेगरि छलफल गरिरहेका छन् । त्यसमध्ये पनि कुलमान घिसिङको पहलमा खुलेको उज्यालो नेपाल, रास्वपा,नाउपा लगायत दल बिचार मिल्ने दलसँग सहकार्य गर्नेगरी छलफलमा छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए । आजसम्म झन्डै एक सय दल निर्वाचनको लागि आयोगमा दर्ता भैसकेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस सहित नेपाली कम्युनिस्ट पार्टी,राप्रपा,रास्वपा,जसपा,जनमत,प्रगतिशील लोकतान्त्रिक पार्टी लगायत दल यसअघि दर्ता भैसकेका छन् ।

