चुनावको टिकटमा विशेष महाधिवेशनबाट आएको सभापतिको हस्ताक्षर- गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो प्रतिनिधिसभा सदस्यको निर्वाचनको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने बिषयमा खुलासा गरेका छन् ।
महामन्त्री थापाले सामाजिक संजालमा लेख्दै विशेष महाधिवेशन बाट आउने नयाँ सभापतिको हस्ताक्षर हुने बताएका हुन् । कांग्रेसमा महामन्त्री थापा सहित अर्का महामन्त्री विश्वप्रकाश शर्मा र अन्य बहुमत सदस्य विशेष महाधिवेशनको पक्षमा छन् । उनीहरुले विशेष महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर समेत बुझाइसकेका छन् ।
विधान अनुसार अब समयभित्रै विशेष महाधिवेशन हुने गगनको दाबी छ । उनले अब विशेष महाधिवेशनको विकल्प नरहेको समेत बताएका छन् ।
महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै भनेका छन्, ‘नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’
उनले पार्टीले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? भनेर नेता/कार्यकर्ताले सोधिरहेको भन्दै त्यसमा प्रस्ट पारेका हुन् । उनले कुरा स्पष्ट रहेको उल्लेख गर्दै अलमलमा नपर्ने आग्रह गरेका छन् ।

