अभिनेता शिव श्रेष्ठ र नाजिर सहित १५ जना सम्मानित

काठमाडौं । चलचित्र विकास बोर्डले पुरानो पुस्ताका अभिनेता शिव श्रेष्ठ र नयाँ पुस्ताका नाजिर हुसेन सहित १५ जनालाई सम्मान गरेको छ।
नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका बापत कलाकार, निर्माता र प्राविधिक गरी १५ जनालाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरिएको हो।सम्मानित व्यक्तिहरूमा अभिनेता शिव श्रेष्ठ,कलाकार सबिता गुरुङ, निर्देशक तीर्थ थापा, निर्देशक गायक एवं संगीतकार यसकुमार,चलचित्र पत्रकार ध्रुव लम्साल छन् ।
यसैगरी रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक), सम्झना रौनियार (निर्देशक), युवराज लामा (निर्माता/निर्देशक), हेमन्त बुढाथोकी (कलाकार), किसान पोखरेल (निर्माता),स्व. केशव भट्टराई (कलाकार/मरणोपरान्त),नाजिर हुसेन (कलाकार),रिमेश अधिकारी (निर्देशक),रेनीश फागो (रंग संयोजक/प्राविधिक) र अन्जु पन्त (गायिका) लाई पनि सम्मान गरिएको छ।
संविधान दिवस २०८२ को अवसर पारेर आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।बोर्डका अध्यक्ष दिनेश डिसीले उत्कृष्ट काम गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा गरेको बताए ।
कार्यक्रममा सम्मानित व्यक्तिलाई २० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको छ ।

